तालीवानी आक्रमण बढेसगैँ अफगानी सरकारले पनि हवाइ आक्रमणलाई तिव्र | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

तालीवानी आक्रमण बढेसगैँ अफगानी सरकारले पनि हवाइ आक्रमणलाई तिव्र

एजेन्सी । तालीवानी आक्रमण बढेसगैँ अफगानी सरकारले पनि हवाइ आक्रमणलाई तिव्र पारेको छ ।

तालिवानहरुले केहि दिन यता रणनीतिक रुपमा अफगानिस्तानका केहि प्रान्तहरुमा कब्जा गरेको थियो । तालिवानका लडाकुले उत्तरी शहर कन्दुज सहित सर ए पुल र तालोक्वानलाइ नियन्त्रणमा लिएका थिए ।

त्यसकै जवाफ स्वरुप अफगान सरकारले पनि सैन्य बल परिचालन गरि हवाई आक्रमण गरेको हो । अफगानी सरकारको सो आक्रमणमा संयुक्त राज्य अमेरिकाल समेत सहयोग गरेको छ । सो आक्रमणले गर्दा लस्कर गाहका क्षेत्रहरुमा बढि क्षति पुगेको छ ।

आक्रमणमा हेलमन्द प्रान्तको एक स्वास्थ्य संस्था, विद्यालयमा क्षति पुगेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । तालिवानी र अफ्गानी सेनाबीच चलिरहेको यस भिडन्तमा परि ५४ तालिवानी लडाकुको मृत्यु भएको छ भने २३ जनाजति घाइते भएका छन् ।

आक्रमणमा परि क्षति भएका प्रान्तहरु अहिले पनि तालिवानीहरुको नै कब्जामा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);