तालिवानविरुद्धको हवाई आक्रमणमा ४५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तालिवानविरुद्धको हवाई आक्रमणमा ४५ जनाको मृत्यु

airstrike in afghanistan

एजेन्सी, ८ साउन । अफगानी सेनाले विद्रोही समूह तालिवानविरुद्ध गरेको हवाई आक्रमणमा ४५ जनाको मृत्यु भएको छ । युद्धविरामका लागि वार्तामा रहेको तालिवानविरुद्ध अफगानिस्तानको सरकारी सेनाले गरेको हवाई आक्रमणमा ८ सर्वसाधारण सहित ४५ जना तालिवानी लडाकुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा ८ जनामात्र सर्वसाधारण भनिएपनि सो संख्या बढ्न सक्ने बताइएको छ । हवाई कारवाही दुई चरणमा भएको हो । अमेरिकाको मध्यकर्तामा अफ्गान सरकार र तालिवानबीचको वार्ता कैदी रिहामा सहमति हुन नसक्दा विथोलिएको हो । वार्ता विथोलिएपछि पुन हिंसात्मक घटनामा वृद्धि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);