अमेरिकी हवाई आक्रमणमा परी इरान समर्थित ५ विद्रोहीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकी हवाई आक्रमणमा परी इरान समर्थित ५ विद्रोहीको मृत्यु

एजेन्सी । अमेरिकाको हवाई आक्रमणमा परी कम्तीमा इरान समर्थित विद्रोही समूहका कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि अमेरिकाले थालेको हवाई आक्रमणमा परी ५ विद्रोहीको मृत्यु भएको र अन्य केही घाइते भएको बताइएको छ ।

अमेरिकाले हवाई आक्रमणबाट मारिने वा घाइते हुनेहरुको जानकारी गराएको छैन । तर एएफपी समाचार संस्थाले यूकेको सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सिरियामा अमेरिकी युद्ध विमानको एउटा आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको जनाएको हो ।

अमेरिकाले हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जानकारी दिएको हो । अमेरिकी फौजमाथि विद्रोहीहरुबाट ड्रोन हमला भएपछि त्यसको प्रत्युत्तरमा अमेरिकाले हवाई आक्रमण सुरु गरेको पेन्टागनले वक्तव्यमार्फत जानकारी गराएको छ ।

गएको जनवरीमो राष्ट्रपति बनेयता जो बाइडनले इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो । गएका महिनामा पनि इरामा रहेका अमेरिकी सेनामाथि केही ड्रोन आक्रमणहरु भएका थिए । तर इरानले ती आक्रमणका आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।

पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो । ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल–शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);