अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु

एजेनसी । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएको छ । अस्ट्रेलियाको सिड्नीमा अति संक्रामक डेल्टा भेरियन्टसँग सम्बन्धित १ सय २८ जना संक्रमित भेटिएपछि कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा पनि डेल्टा भेरियन्ट पुष्टि भएको छ । देशका विभिन्न क्षेत्रमा एकसाथ संक्रमण देखिएको यो केही महिना यताकै पहिलो घटना हो । नयाँ संक्रमण तथा डेल्टा भेरियन्टको जोखिमलाई लिएर राज्य तथा विभिन्न क्षेत्रीय नेताहरुले सोमबार प्रधानमन्त्री स्कट मोरिसनसँग आकश्मिक बैठक गरेका छन् ।

संक्रमण थप फैलिन नदिनका लागि विभिन्न राज्यहरुले आफ्ना सीमा बन्द गरेका छन् भने प्रतिबन्धात्मक उपायहरु पनि लागु गरेका छन् । डेल्टा भेरियन्टको संक्रमण देखिएसँगै सिड्नी र डर्वीन शहरमा लकडाउन लागु भएको छ । यस्तै चार राज्यहरुमा प्रतिबन्धात्मक उपायहरु लागु भएको छ । सिड्नीमा ५० लाख बासिन्दालाई घर भित्रै बस्न आदेश दिइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);