अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको नयाँ स्वरुप भेटियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको नयाँ स्वरुप भेटियाे

एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको नयाँ स्वरुप भेटिएको छ । सो भाइरस अत्यधिक संक्रामक डेल्टा प्रजातिको रहेको बताइएको छ । मेलबर्नमा यो संक्रमण भेटिएको पहिलो घटना हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको चारओटा भेरिएन्टलाई नामकरण गरेको छ ।

डेल्टा ती मध्ये एक हो । भारतमा समस्याको रुपमा रहेको भाइरसको यही स्वरुप हो । दुईसाता अघि न्यु साउथ वेल्स गएर आएका एकै परिवारका दुई सदस्यमा यो भेरिएन्ट भेटिएको हो ।

न्यू साउथ वेल्स अस्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो र पछिल्लो एक महिनामा त्यहाँ कुनै पनि नयाँ संक्रमणको घटना भएको पुष्टि भएको थिएन । यसअघि संक्रमण तीव्र रुपमा फैलिएको अस्ट्रेलियामा २०% जनसंख्याले खोपको पहिलो डोज लगाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);