'डेलीमेल'ले सच्यायो नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको समाचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘डेलीमेल’ले सच्यायो नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको समाचार

एजेन्सी । चौतर्फी आलोचना र दबाबपछि बेलायती अखबार डेली मेलले कोरोना भाइरसको नेपाली प्रजाति भेटिएको भन्ने समाचारलाई सच्याएको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डलाई उद्दृत गर्दै बेलायती अखबारले नेपाल भेरिएन्ट भन्ने विषय अहिले अनुसन्धानमा नै नभएको उल्लेख गरेको छ । भारतीय भेरिएन्ट डेल्टा नै नेपालमा भयावह ढंगले फैलिएको लेखिएको छ ।

नेपालमा जिन सिक्वेन्सिङ नभए पनि पुष्टि भएका भोरिएन्टमा डेल्टा नै सर्वाधिक संक्रमण भएको समेत उल्लेख छ ।

बिहीबार उक्त अखबारले भाइरसको नेपाली भेरिएन्ट बेलायतमा फैलिएको र नेपालबाट पुगेका केही मानिसमा त्यसको पुष्टि भएको दाबी गरेको थियो । डब्ल्युएचओ र लण्डनस्थित नेपाली नियोगले दाबी गलत रहेको जनाएपछि डेली मेलले समाचार सच्चाएको हो ।

यसैबीच, बिहीबारै आयोजित एक पत्रकार भेटघाटमा बेलायतका यातायातमन्त्री ग्रान्ट सेप्सले पोर्चुगलबाट लण्डन पुगेका केही व्यक्तिमा भारतीय र नेपाली म्युटेन्ट भाइरस भेटिएको दाबी गरेका थिए ।

जसले गर्दा पोर्चुगललाई बेलायतको हरियो सूचीबाट हटाइएको जानकारी यातायातमन्त्री सेप्सले दिएका थिए । मन्त्रीको उक्त भनाइप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);