पछिल्लो भेरियन्ट डेल्टा कोभिड रोकथामको प्रयासमा अमेरिकाकाको लागि सबैभन्दा ठूलो चुनौती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पछिल्लो भेरियन्ट डेल्टा कोभिड रोकथामको प्रयासमा अमेरिकाकाको लागि सबैभन्दा ठूलो चुनौती

एजेन्सी । कोरोना भाइरसको पछिल्लो भेरियन्ट डेल्टा अमेरिकाका लगि कोरोना रोकथाम तथा नियन्त्रणका प्रयासमा सबैभन्दा ठूलो खतरा बन्न पुगेको छ ।

अमेरिकीहरु कोरोना पूर्वको स्थितीमा फर्किरहेका बेलामा डेल्टा भेरिएन्ट तीव्र रुपमा फैलिरहेको कारण कोरोना रोकथाम तथा नियन्त्रणका प्रयासमा सबैभन्दा ठूलो खतरा बन्न पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाको नेशनल इन्सटिच्युटस अफ हेल्थका डा. एनथोनी फौसीले यस खतरनाक म्युटेन्टलाई हाल महामारीविरुद्ध राष्ट्रको लडाईमा सबैभन्दा ठूलो खतरा बताउनु भएको छ । व्हाइट हाउसमा कोभिडको बारेमा जानकारी दिदै उहाँले अमेरिकामा २० दशमलव ६ प्रतिशत नयाँ केस डेल्टा भेरिएन्टका कारणले भएको बताएको छ ।

भेरिएन्ट पहिचान गर्ने वैज्ञानिकहरुका अनुसार यो डेल्टा भेरिएन्ट अमेरिकामा प्रमुख समस्या बन्ने बाटो तिर छ । सबभन्दा पहिले भारतमा पहिचान गरिएको डेल्टा भेरिएन्ट अरु भन्दा संंक्रामक भएको र खोप लगाएकोभन्दा नलगाएका व्यक्तिहरुलाईं गम्भीर बिरामी पार्न सक्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);