इथियोपियामा वायु सेनाको हवाई कारवाहीमा ८० जनाको मृत्यु, ४० भन्दा बढि घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इथियोपियामा वायु सेनाको हवाई कारवाहीमा ८० जनाको मृत्यु, ४० भन्दा बढि घाइते

एजेन्सी । उत्तरपूर्वी अफ्रिकी मूलुक इथियोपियाको वायु सेनाको कारवाहीमा ८० जना मारिएको आशंका गरिएको छ ।

टिग्रे प्रान्तको राजधानी मेकेल्लेबाट २५ किलोमिटर टाढा टोगोगा शहरको व्यस्त बजारमा वायु सेनाको हवाई कारवाहीमा ८० जनाको मारिनुका साथै ४० जनाभन्दा बढि घाइते भएका हुन् ।

इथियोपियाली सेनाले विद्रोहीहरुबाट बढेको सुरक्षा खतरा तटस्थ बनाउन हवाई हमला गरेको र आफुहरुको निसानामा सर्वसाधारण नरहेको बताएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ ।

टिग्रेको विद्रोही सेनाले पछिल्ला दिनहरुमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए भने इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो । करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);