अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा परेर २४ तालिबान लडाकुको मृत्यु, १० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा परेर २४ तालिबान लडाकुको मृत्यु, १० जना घाइते

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा संयुक्त सेनाले गरेको कारबाहीमा परेर २४ जना तालिबान लडाकु मारिएका छन् । संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि गरेको विशेष कारबाहीमा तालिबान लडाकुहरुको मृत्यु भएको हो ।

अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् । ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते भएको बताइएको छ ।

सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकू लक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ । त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रुपमा तालिबानका लडाकूहरुमाथि कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा आठ जनाको ज्यान गएको थियो ।

एक स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो । अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुका बीचमा शान्ति वार्ता हुने भनिएको थियो तर हुन सकेको छैन । त्यसैले पछिल्लो समयमा तालिबानहरुले पनि यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);