अफगानिस्तानको मुख्य शहर सेवरगान पनि तालिबानको काब्जामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अफगानिस्तानको मुख्य शहर सेवरगान पनि तालिबानको काब्जामा

जेन्सी । अफगानिस्तानमा तालिबान विद्रोहीले मुख्य शहर सेवरगानलाई नियन्त्रणमा लिएका छन ।

अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानमा रहेको मुख्य शहर सेवरगान विद्रोहीको कब्जामा पुगेको यो दोस्रो प्रान्तीय शहर हो । त्यहाँको रक्षा मन्त्रालयले भने सो शहरमा अझै पनि सरकारी सेना तैनाथ रहेको दाबी गर्दै विद्रोहीको कब्जाबाट शहर फिर्ता हुने बिश्वास ब्यक्त गरेका छन् ।

यसअघि विद्रोहीहरुले दक्षिण पश्चिम प्रान्त निम्रोवको जरान्ज शहर नियन्त्रणमा लिएका थिए । यस्तै उत्तरी भागमा रहेको कुन्दुज र लश्कर गाह शहर आफनो नियन्त्रण बाहिर गएपछी अफगान सेनाले हवाइ र स्थलगत आक्रमण गरेपछि त्यहाँ भिडन्त भइरहेको छ । भिडन्तमा दुबैतर्फ ठुलो मानवीय क्षती भएको बताईए पनि यकिन बिवरण आएको छैन ।

यसैबीच, अफगानिस्तानको हेलमन्द प्रान्तमा तालिबान बिद्रोही बिरुद्धको सरकारी कारबाहीमा मारिनेमा ३० जना पाकिस्तानी नागरिक रहेको खुलासा भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानले अफगानिस्तानमा आफ्ना नागरिकहरुको संलग्नता अस्वीकार गरिरहेको बेला अफगानिस्तानको रक्षा मन्त्रालयले हेलमन्द प्रान्तमा मारिएका १ सय १२ जना विद्रोही मध्ये ३० जना पाकिस्तानी रहेको जनाएको हो ।

ती सबै अतिबादी समुह अलकायदासंग आबद्ध रहेको पनि जनाइएको छ । हवाई हमलामा ३१ जना बिद्रोही गम्भीर घाइते भएका छन् ।

पछिल्लो समय तालिबानीहरुले ग्रामीण इलाका नियन्त्रणमा लिंदै शहरतर्फ अघि बढेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);