कारबाहीमा आठ तालिबान लडाकू माारिए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कारबाहीमा आठ तालिबान लडाकू माारिए

afagansthan

काठमाडौं, १७ फागुन । मजार इ सरिफ-अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् ।

सेनाका प्रवक्ता मोहमद हनिफ रेजाइले बिहीबार उक्त कारबाहीको जानकारी दिनु भएको छ । सुरक्षाबलले बुधबार बिहान चम्ताल जिल्लाकोे दुई ओटा इलाकामा गरेको कारबाहीको क्रममा ती लडाकू मारिएका प्रवक्ता रेजाइले बताउनु भएको छ ।

सो इलाकामा केही समययता तालिबान लडाकू विरुद्ध सरकारी कारबाही जारी रहेको अधिकारीले जानकारी दिएको छन् ।

तालिबान लडाकू समूहले भने यस विषयको कुनै टिप्पणी गरेका छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);