अफगानिस्तानको हवाई कारबाहीमा १५ विद्रोही मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अफगानिस्तानको हवाई कारबाहीमा १५ विद्रोही मारिए

afghanistan airstrike

एजेन्सी, २१ मंसिर । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ जना लडाकू मारिएका छन् । तालिबानी लडाकू लुकेर बसेका इलाका लक्षित कान्दाहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारबाहीमा ९ लडाकू मारिएका थिए भने हेलमण्ड प्रान्तका नहर ए साराज जिल्लामा भएको हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिएका हुन् ।

उक्त प्रान्तहरुमा सक्रिय रहेका तालिबानी लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । हेलमण्ड र कान्दाहार तालिबानी लडाकू समूहको बलियो प्रभाव रहेको प्रान्त मानिन्छ ।

सुरक्षाबलले पटक पटक लडाकू विरुद्ध गरेको कारबाहीको क्रममा सो प्रान्तका कैयौं भाग सरकारको नियन्त्रणमा आएको अफगान सुरक्षाबलको दाबी रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);