फ्लोरिडामा भएको गोली काण्डमा साउदी नागरिकको संलग्नता रहेको अमेरिकाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फ्लोरिडामा भएको गोली काण्डमा साउदी नागरिकको संलग्नता रहेको अमेरिकाको दाबी

एजेन्सी, २१ मंसिर । अमेरिकाको फ्लोरिडास्थित सैन्य क्याम्पमा भएको गोली काण्डमा साउदी नागरिक संलग्न भएको बताइएको छ । शुक्रवार सैन्य प्रशिक्षणमा सहभागी साउदीका नागरिक नै संदिग्ध सुटर भएको अमेरिकी सैन्य अधिकारीहरुले दावी गरेका छन् ।

अमेरिकी सैन्य तालिम केन्द्रमा एकै हप्तामा भएको यो दोस्रो गोली काण्ड हो । गोली काण्डमा ४ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

आक्रमणकारी साउदी अरेबियाका नागरिक उड्डयन प्राधिकरणका कर्मचारी रहेको बताइएको छ । उनले नेभल एयरस्टेशनका कक्षा कोठामा जथाभावी गोली प्रहार गरेको बताइएको छ ।

संवेदनशील तालिम केन्द्रमा भएको गोली काण्डका कारण सुरक्षा व्यवस्था कडा पारिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । उनीहरुले घटनाको छानविन भइरहेको जनाएका छन् ।

घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्बरताको संज्ञा दिएका छन् भने साउदी अरवका राजा सलमानले पनि घटनाबाट दु:खी भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);