अमेरिकामा एक बन्दुकधारीद्धारा अन्धाधुन्ध प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकामा एक बन्दुकधारीद्धारा अन्धाधुन्ध प्रहार

एजेन्सी । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध प्रहार गरेको गोली लागेर ८ जनाको मृत्यु भएको छ । इन्डियानापोलिस शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा ८ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बन्दुकधारीको पनि आफै गोलीबाट मृत्यु भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् घटनामा दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ । गोली प्रहार गर्ने ब्यक्तिको साथबाट स्वचालित मेशिन गनका साथै राइफल बरामद भएको छ ।

गत साता मात्रै अमेरिकामा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा बन्दुक राख्ने कानुन संशोधन गर्ने घोषण गरेकै बेला अर्को गोली काण्ड भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);