जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहारबाट ३ को हत्या, ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहारबाट ३ को हत्या, ५ घाइते

एजेन्सी । जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरी तीन जनाको हत्या गरेका छन् ।

जर्मनीको वुर्जबर्ग शहरमा गएराति भएको घटनामा तीनको मृत्युका साथै पाँच जना घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर घाइते भएको र बच्ने सम्भावना कम रहेको स्थानीय अधिकारीले बताएका छन् ।

चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोडामा गोली हानी नियन्त्रणमा लिईसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनलाई हाल अस्पतालमा राखी प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।

ती व्यक्ति जर्मनीले २०१५ मा शरणार्थीहरुका लागि सीमा खुल्ला गरेदेखि जर्मनीमा बस्दै आएका हुन् ।

पछिल्लो केही महिनामा उनले आक्रमक व्यवहार देखाईरहेको र केही दिन यता भने मानसिक उपचारका लागि राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);