चक्कु प्रहारबाट एकको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

दाङ, ५ कार्तिक । दाङको तुलसीपुरमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपनगरपालिका वडा नं १३ साजखुटीमा शनिबार राती चक्कु प्रहारबाट एक जनाकाृे मृत्यु भएको हो। स्थानीयवासी ३३ वर्षीय वसन्त बहादुर महतराले ३४ वर्षीय सेतीराम रेउलेको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।

चक्कु प्रहारपछि गम्भिर घाइते बनेका रेउलेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट अर्की एक जना २० वर्षीय युवती समेत घाइते भएकी छन्।

महतरालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।