काठमाडौँ ।
नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो भएको टिप्पणी गर्नुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गत वर्षको जेन–जी आन्दोलनका षड्यन्तकारीहरुले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको पनि उहाँको तर्क छ । तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरुले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उहाँको भनाइ छ । उहाँले पार्टी नेतृत्व र पुनर्गठनको कुरा बाहिरतिर पानी परिरहेको छ अनि घरभित्रै छाता ओढेजस्तो भएको भन्दै यसको कुनै औचित्य नभएको बताउनु भयो ।उहाँले चुनावमा पार्टीले भोगेको परिणामको दोष नेतृत्वलाई दिन नहुने तर्क पनि गर्नुभयो ।
This website uses cookies.