अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे  । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएकाे थियाे । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।

चक्कु प्रहार गरी घाइते भएकाहरुकाे स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएकाे छ । मानबहादुरकाे टाउको र ढाडमा चोट लागेकाे छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेकाे छ ।उनीहरुकाे अवस्था गम्भीर छ ।तुलसी बुढाकाे टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चोट लागेकाे छ । उनीहरुकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);