दाङमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

दाङमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार

दाङ, २८ भदौ । दाङमा चक्कु प्रहारबाट एक प्रहरी हवल्दार घाईते भएका छन् । घोराही १५ आर्दश टोलमा रहेको सुर्खेती होटलकी संचालिका ४० वर्षीया इन्द्रा थापाले वडा प्रहरी कार्यालय लमही दाङमा कार्यरत रहेका ३७ वर्षीय प्रहरी हवल्दार खड्क बहादुर खत्रीलाई चक्कु प्रहार गरेका ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

शनिबार बेलुका करिब ६ बजेतिर आफ्नै होटलमा बोलाएर थापाले भित्र लगेर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । थापाको चक्कु प्रहारबाट खत्रीलाई टाउँको, नाक र ढाडमा चोट लागी घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिनुभयो ।

चक्कु प्रहार गर्ने थापालाई नियन्त्रणमा लिई जिप्रका दाङबाट थप अनुसन्धान भइरहको प्रहरी जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);