भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग

काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको अडियो सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा उहाँले राज्यको चेन अफ कमाण्ड र मर्यादालाई नै चुनौती दिने गरी आएको उक्त अभिव्यक्तिबारे तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको हो । सांसद संग्रौलाले सदनमा बोल्दै कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई अत्यन्त तल्लो स्तरको भाषा प्रयोग गर्दै थर्काएको विषयले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादामा आघात पुगेको बताउनु भयो । सार्वजनिक भएको उक्त अडियोमा ती अधिकृतले सशस्त्र प्रहरीका महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै ‘स्वाट्टै हान्छु’ भनी धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ ।

उहाँले ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्ति फोन हान्ने हो, भेटेर हान्ने हो वा पद खोस्ने भन्ने अर्थमा प्रयोग भएको हो भन्नेबारे प्रश्न गर्नुभयो । राजश्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र राज्यका उच्च पदाधिकारीलाई नै सार्वजनिक रूपमा चुनौती दिने कार्य कदापि स्वीकार्य नहुने उहाँको भनाइ छ । उहाँले सरकारसँग उक्त प्रकरणको तत्काल छानबिन गर्न माग गर्दै, यदि ती अधिकृत दोषी देखिएमा कानुन बमोजिम कारबाही गर्न जोड दिनुभयो । –

Leave a Reply

ताजा समाचार