रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद खारेज गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद खारेज गर्ने निर्णय

काठमाडौं । मन्त्री बन्न २ करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद खारेज गर्ने निर्णय भएको छ । रास्वपाको आज बुधवार साँझ बसेको बैठकले पद खारेज गर्ने निर्णय गरेको हो ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत् कारबाहीको जानकारी दिए । उनले सांसद श्रेष्ठको पद खारेजी गरी पार्टी सदस्यता समेत नराख्ने स्पष्ट पारे ।

यसअघि सांसद श्रेष्ठ पहिलोपटक सार्वजनिक रुपमा बोल्दै उपनिर्वाचन हराउन योजनावद्ध तरिकाले अडियो भाइरल बनाइएको दाबी गरे । उनले अडियो इडिटिङ गरिएको दाबी गरेका थिए । तर, पत्रकारहरुको प्रश्नको भने कुनै जवाफ दिएनन् ।

सांसद श्रेष्ठले मन्त्री बन्न २ करोड मागेको अडियो सामाजिक सञ्जालमा भाइरल छ । यसले उनको दल आरएसपीलाई चुनावको मुखमा ठूलो असर परिरहेको छ ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनमा खटिएकोमा आजै काठमाडौं आएका थिए । उनी चितवन २ को निर्वाचन क्षेत्रबाट २३ अप्रिलमा हुन गइरहेको संसदको उपनिर्वाचनमा उम्मेदवार छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);