ढाकाकुमार श्रेष्ठको अडियोबारे अख्तियारमा छानबिन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ढाकाकुमार श्रेष्ठको अडियोबारे अख्तियारमा छानबिन सुरु

काठमाडौं, २८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईसँगको अडियोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा सांसद श्रेष्ठको अडियो कपुरबोट डटकमले सार्वजनिक आइतबार भएको थियो ।

श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो ।

सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार अख्तियारको नोटिसमा परेको भन्दै उक्त समाचार उजुरीको रुपमा दर्ता भइसकेको अख्तियारले जनाएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);