श्रेष्ठको अडियोबारे अनुसन्धान हुन्छ : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

श्रेष्ठको अडियोबारे अनुसन्धान हुन्छ : गृहमन्त्री

काठमाडौं, २७ चैत्र । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे अनुसन्धान गर्ने बताएका छन् ।

चितवनमा सोमबार पत्रकारहरुको प्रश्नमा व्यवसायी दुर्गा प्रसाईसँग श्रेष्ठले साढे २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धानमा पुष्टि भए सोही अनुसार अघि बढ्ने प्रतिक्रिया दिएका हुन् ।
२ करोडको कुरालाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले थप प्रस्ट पारे ।

आइतबार श्रेष्ठले मन्त्री बन्न साढे २ करोड रुपैयाँ पार्टीको कोर टिमलाई दिनुपर्ने भन्दै प्रसाईसँग सो रकम माग गरेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको थियो ।

श्रेष्ठको सचिवालयले भने उनको अडियो सम्पादन गरेर राजनीतिक भविष्य सकाउन खोजिएको दाबी गरेको छ । अख्तियारले पनि सो विषयमा अनुसन्धान गर्ने जनाएको छ । File Photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);