ढाकाकुमारलाई कारबाही नगर्न रास्वपालाई सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ढाकाकुमारलाई कारबाही नगर्न रास्वपालाई सर्वोच्चको आदेश

काठमाडौं । दुई करोड रुपैयाँ बाग्रेनिङ गरेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भई सांसद पदसमेत गुमेको थियो ।

सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । आफूमाथिको कारबाही अवैध रहेको भन्दै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्चले विपक्षी रास्वपाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वाेच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । साथै कारण देखाऊ आदेश पनि दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);