भूमि आयोग विघटनविरुद्ध रिटको आज सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भूमि आयोग विघटनविरुद्ध रिटको आज सुनुवाइ

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार सुनुवाइ हुँदैछ । विघटित आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीतर्फबाट दायर गरेको रिटको शुक्रबार आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि सो रिटमा सर्वोच्च अदालतले आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ । सरकारले गत १९ साउनमा आयोग विघटन गर्ने निर्णय गरेको थियो । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);