जनता समाजवादी पार्टीको संगठन सुदृढीकरण  तथा जनजागरण अभियान हुम्लाबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जनता समाजवादी पार्टीको संगठन सुदृढीकरण  तथा जनजागरण अभियान हुम्लाबाट सुरु

हुम्ला । जनता समाजवादी पार्टी (जसपा) हुम्लाले संगठन सुदृढीकरण  तथा जनजागरण ‘सुज’ अभियान सञ्चालन गरेको छ । समाजवादी पार्टीले आजबाट चार महिनासम्म नियमित रुपमा ‘सुज’ अभियान सञ्चालन गर्ने जनाएकाे छ ।

पछिल्लो समय देशमा राजनीतिक अस्थिरता बढेकाे तथा सरकार पनि दिगो हुन नसकेपछि केन्द्रीय निर्देशन अनुसार जिल्ला कमिटी हुम्लाले उक्त कार्यक्रम सञ्चालन गरेकाे जसपाका जिल्ला सचिव भैरवबहादुर शाहीले बताए ।

अभियानमा जिल्ला पार्टी कमिटीले प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रणालीको व्यवस्था गर्नु पर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्थापन गर्नुपर्ने माग राख्दै उक्त अभियान थालिएकाे जिल्ला अध्यक्ष धर्मराज बोहराले बताए । सिमकोट बजारमा र्‍याली निकाल्दै उक्त अभियानकाे सुरुवात गरिएकाे बाेहाेराले जानकारी दिए ।

जसपाका केन्द्रीय सदस्य विर्जन शाहीको प्रमुख आतिथ्यमा स‌ंचालन भएकाे अभियान गाउँ तथा टोलहरूमा पनि सञ्चालन गर्ने जनाइएकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);