जसपाको केन्द्रीय समितिको बैठक सुरु, यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जसपाको केन्द्रीय समितिको बैठक सुरु, यस्तो छ कार्यसूची

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक सुरु भएको हो ।

मंगलबार बिहान ११ बजे सुरु हुने भनिएको बैठक अध्यक्ष उपेन्द्र यादवसहित केही शीर्ष नेताहरु ढिला आई पुगेकोले बैठक केही बेर अघि मात्र सुरु भएको हो ।

केन्द्रीय समिति सदस्यहरुको सपथ ग्रहण सम्पन्न हुँदै केन्द्रीय समिती बैठक सुरु भएको हो । बैठकमा देशका वर्तमान राजनीतिक परिस्थिति र जसपाको कार्यदिशाको विषयमा छलफल हुने बताइएको छ ।

पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धमा छलफल गर्ने पनि बैठकको कार्यसूची रहेको छ । साथै प्रदेश, पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भातृ संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त गर्ने पनि कार्यसूची रहेको छ ।

बैठकमा बुधबारसम्म पनि जारी रहने छ । बुधबारको बैठकमा पार्टीको सरकारमा सहभागिता सम्बन्धमा छलफल हने बताइएको छ ।

साथै पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन, निरीक्षण, अवलोकन अभिलेखीकरण गर्ने लगायतका आवश्यक कार्य गर्न ७ सदस्यीय सचिवालय गठन गरिने कार्यसूची रहेको छ ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);