वीरगञ्जमा सुरु भयो जसपाको केन्द्रीय समिति बैठक | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

वीरगञ्जमा सुरु भयो जसपाको केन्द्रीय समिति बैठक

२०८१,१०,१२

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ। आज शनिबार पर्साको वीरगञ्जस्थित एक होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।

उनले भने, ुहाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ। बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइनेछ।ु

बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष माननीय सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, सचिव माननीय वीरेन्द्र महतो, कोषाध्यक्ष माननीय रञ्जु झाको सहभागी रहेको बताइएको छ।

उक्त बैठक आज र भोलि गरी दुई दिनसम्म चल्ने जसपाले जनाएको छ।

Leave a Reply

ताजा समाचार