नेकपाकाे स्थायी समिति बैठक लम्बियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाकाे स्थायी समिति बैठक लम्बियो

nekapa baithak

-प्रचण्डले सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रम जारी

-पार्टीको केन्द्रीय कमिटी बैठक आगामी पुस २० गतेदेखि गर्ने निर्णय

-वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन

-सचिवालय संख्या भने नबढ्ने

काठमाडौं, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिटी बैठक लम्बिएको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठक शनिबार पनि टुंगीन नसकेपछि आइतबार पनि जारी रहने छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रम जारी छ । मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले पार्टी एकीकरण प्रक्रिया ढिलो सकिएको, सरकार प्रभावकारी हुन नसकेको जस्ता प्रश्नहरु उठाएका छन् ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी नेकपा स्थायी कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक आगामी पुस २० गतेदेखि गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकको अन्तिम दिन केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको हो । बैठकले बामदेव गौतमलाई उपाध्यक्ष बनाउन स्थायी सदस्यले गरेको प्रस्ताव अनुसार पार्टीको विधान संशोधन लगायत अन्य निर्णय गर्ने छ ।

बैठकमै अर्काे विषय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा भने पार्टी नेताहरू स्पष्ट दुई धारमा देखिएका छन् । नेताहरुको सुझाव अनुसार अध्यक्ष प्रचण्डले परिमार्जन सहितको प्रतिवेदन तयार गरेको बताइएको छ । प्रचण्डको जवाफअघि महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा आफ्नो धारणा राख्नुभएको छ ।

यसैबीच बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ। पार्टीको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव शनिबारको बैठकले पारित गरेको भए पनि आइतबार मात्रै घोषणा गरिने छ।

यता नेकपाको केन्द्रीय सचिवालय संख्या भने नबढ्ने भएको छ । स्थायी समिति बैठकमा महिला नेतृहरु पम्फा भुसाल र अष्ठलक्ष्मी शाक्यले सचिवालयमा महिला नसमेटिएको भन्दै संख्या बढाउन यस अघि माग गरेका थिए । ९ सदस्यीय सचिवालय विस्तार गरेर १९ सदस्य बनाइनुपर्ने आवाज उठेको भए पनि अहिलेलाई त्यो सम्भावना टरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);