छलफल सकियाे, बैठकमा उठेका प्रश्नको जवाफ प्रचण्डले शनिवार दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

छलफल सकियाे, बैठकमा उठेका प्रश्नको जवाफ प्रचण्डले शनिवार दिने

nekapa

काठमाडौं, ३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमाथिको छलफल सकिएको छ ।

पार्टी कार्यालय धुमवाराहीमा बिहीवार बसेको बैठकमा अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमाथि नेताहरुले आ–आफना धारणा राखेका थिए । छलफल सकिएपनि राजनीतिक प्रतिबेदनमा स्थायी कमिटीका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दाहाले शनिवार बस्ने बैठकमा दिनुहुने जनाइएको छ ।

अरु दिन जस्तै बिहीवारको बैठकमा पनि नेताहरुले पार्टीभित्र गुट मौलाएको, सरकार जनाताका समस्या समाधान गर्न गम्भीर बन्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

त्यसैगरी बैठकमा महासचिव बिष्णु पौडेलद्वारा प्रस्तुत पार्टीको बिधान संशोधन सम्बन्धि प्रस्तावमा पनि नेताहरुले आफ्ना धारणा राखेका थिए । पौडेलले पनि शनिवार नै त्यसमा उठेका प्रश्नको जवाफ दिनुहुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा नेपाल–भारत सीमा समस्याको समाधान लगायतका बिषयमा पनि छलफल भएको जनाइएको छ । स्थायी कमिटी बैठक गत आइतवारदेखि शुरु भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);