नेकपाको स्थायी कमिटी बैठक सकियो, अध्यक्षद्वय माथि उठेका प्रश्नको आज ४ बजे जवाफ दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक सकियो, अध्यक्षद्वय माथि उठेका प्रश्नको आज ४ बजे जवाफ दिइने

nekapa

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी कमिटीको आईतबार बिहान बसेको बैठकमा नेता प्रदिप ज्ञवालीले आफ्नो विचार राखेपछि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको हो ।

अध्यक्षद्धयको कार्यव्यस्तताका कारण प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

४५ सदस्यीय स्थायी समिति बैठकमा बोल्ने धेरैजसो नेताहरुले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

अपरान्ह ४ बजे बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित हुने वा परिमार्जन गर्ने भन्ने विषयमा टुंगो लाग्ने वरिष्ठ नेता खनालले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);