नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्धयको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्धयको आलोचना

nekapa

काठमाडौं, ४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको स्थायी समिति बैठकमा पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनको आलोचना गरिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको बुधबारको बैठकमा पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन ।

राजनीतिक प्रतिवेदनमाथिको आलोचना गर्ने क्रम जारी रहेकोे पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न पनि नेताहरुले नेतृत्वलाई सुझाव दिएको बताए ।

बैठकमा पार्टीको विचार, राजनीति, भावी कार्ययोजना लगायतका विषयमा केन्द्रित भएर नेताहरुले आ–आफ्नो धारणा राख्नु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकार र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको आलोचना गरिरहेका छन । बैठक बिहिवार बिहान पनि पुनः बस्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);