साउन १५ : देशभर खीर खाएर मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

साउन १५ : देशभर खीर खाएर मनाइँदै

काठमाडौँ ।  आज साउन महिनाको १५ गते, नेपाली परम्पराअनुसार खीर खाएर मनाइँदैछ । वर्षा ऋतुको मध्य समयमा पर्ने यस दिनलाई नेपाली समाजमा खीर खाने विशेष पर्वका रूपमा लिने गरिन्छ । असार महिनाभर धान रोपाइँ सकेर फुर्सदिला भएका कृषकले साउन १५ मा शक्ति र ऊर्जा प्राप्तिका लागि खीर खाने मौलिक परम्परा रहिआएको छ । दुध, चामल, घिउ, चिनी तथा विभिन्न मरमसलाको सम्मिश्रणबाट तयार गरिने खीरलाई नेपाली संस्कृतिमा शुद्ध र पौष्टिक भोजनका रूपमा मानिन्छ । कृषिप्रधान देश नेपालमा रोपाइँको थकान मेटाउन र वर्षात्को समयमा शरीरलाई स्वस्थ राख्न खीर खाने चलन शुरु भएको विश्वास गरिन्छ । यस दिन परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई हर्षोल्लासका साथ खीर खाने र आपसी आत्मीयता साटासाट गर्ने गरिन्छ । पछिल्लो समय यस दिनलाई राष्ट्रियस्तरमै सांस्कृतिक महत्वको पर्वका रूपमा मनाउन थालिएको छ । देशभरका विभिन्न स्थानमा सामूहिक रूपमा खीर पकाएर खाने र खुवाउने कार्यक्रमहरू समेत आयोजना गरिएका छन् ।

Leave a Reply