आज साउन १५, खीर खाने दिन, यी हुन् खीरका फाइदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आज साउन १५, खीर खाने दिन, यी हुन् खीरका फाइदा

khir

काठमाडौं, १५ साउन । आज साउन १५ गते सोमबार । आजको दिन खीर खाएर मनाउने प्राचिनकालदेखिको नेपाली प्रचलन छ । खीरमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो हुने जनविश्वास छ ।

खीर खानुका फाइदाहरू

शरीरमा उर्जा मिल्छ
शरीरमा उर्जाको कमी भएमा मानिसले साबुदानाको खीरको सेवन गर्नुपर्छ । साबुदानामा प्रोटिन, क्यालोरी प्रचुर मात्रामा हुने भएकाले साबुदानाको खीर खाँदा शरीरमा उर्जा कायम रहन्छ ।

तौल बढाउन 

यदि कसैको तौल कम छ भने तौल बढाउन साबुदानाको पुडिङ आफ्नो आहारमा समावेश गर्नुपर्छ । किनभने साबुदानामा क्यालोरी र फ्याटको मात्रा धेरै हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ।

पेटको लागी लाभदायक

साबुदानाको खीर खानु पाचन क्रियालाई राम्रो बनाउन फाइदाजनक हुन्छ । यसले पेट सम्बन्धी समस्या पनि निको पार्छ ।

बच्चाहरुको लागी लाभदायक

साबुदानाको खीर खानु बालबालिकाका लागि निकै फाइदाजनक मानिन्छ । किनकी साबुदाना खीरमा प्रोटिन, क्याल्सियम जस्ता तत्व पाइन्छ र यी सबै तत्व बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण हुन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);