खिर खाएर मनाइयो साउने १५ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

खिर खाएर मनाइयो साउने १५

khir

काठमाडौं, १५ साउन । ५औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ । काठमाडौं उपत्यकासहित देशभर खिर खाएर साउन १५ मनाइएको हो । हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ ।

यस वर्षपनि काठमाडौंसहित देशभर नै खिर खाएर साउन १५ को परम्परा निभाइएको छ । खिर दिवसको अवसरमा खिर आयोजक समितिले काठमाडौंको अनामनगरमा खिर खाएर आफन्त, इष्टमित्र, शुभचिन्तक, साथीहरु मिलेर मनाएको छ । वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण खानेकुराका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउन १५ को अवसरमा देशभर नै आज दिनभर खिर खाने, साथीभाईसँग भेटघाट गर्ने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);