अपराध अनुसन्धानमा स्रोत साधनको अभाव छ : आइजीपी खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

अपराध अनुसन्धानमा स्रोत साधनको अभाव छ : आइजीपी खनाल

igp sarbendra khanal

ललितपुर, ४ पौष । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको बताएका छन् । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भईरहेका बेला उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिएका हुन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन पनि राज्यका सबै निकायको ध्यानाकर्षण गराए ।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठडयाउने काम भईरहेको गुनासो गरे । राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुने उनको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);