मुलुक र नागरिकको हितलाई ध्यान दिइ काम गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौं, ८ वैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङले मुलुक र आम नागरिकको हितलाई ध्यानमा राखि काम गर्न सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयद्धारा शनिबार काठमाडौंमा आयोजित सरकारी वकिलहरुको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले दुरदृष्टि राखेर काम गर्न सरकारी वकिलहरुलाई निर्देशन दिए ।

सरकारी वकिलका काम कारवाहीका बारेमा सार्वजनिक रुपमा टिकाटिप्पणी हुनु दुखद भएको भन्दै उनले राज्य र आम जनतालाई परिरहेको हानिनोक्सानी तर्फ गम्भीर बन्न आग्रह गरे । उनले सरकारी वकिलहरुले जिम्मेवार भएर भुमिका निर्वाह गरे कानुन उलंघनका घटनामा न्युनिकरण आउने दाबी गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ अपराध संहितामा धेरै राम्रा कुरा समावेश भएपनि संरचनात्मक र कानुुनी समस्याका कारण प्रविधि र अन्य अभिलेखहरुमा सुरक्षा निकायको सहज पहुँच नभएका कारण समस्या भएको बताए ।

उनले नयाँ अपराध संहिताको सफल कार्यान्वयनका लागि अध्यागमन, यातायात, दुरसंचार तथा अन्य निकायमा हुने विद्युतीय अभिलेखमा सुरक्षा निकायको सहज पहुँचको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरे ।

उनले अनुसन्धानाकर्ता र अभियोजनकर्ताबीचको सम्बन्ध ज्यादा नजिकको र ज्यादा टाढाको हुनुभन्दा पनि व्यवसायिकतामा आधारित हुनुपर्ने बताए ।

सुरक्षा निकायले मुलुकी ऐनलाई परिमार्जन गरि बनाईएको ५ मध्येको एक अपराध संहितामा उल्लेखित व्यवस्था सकारात्मक भएपनि अनुसन्धानका लागि आवश्यक प्रविधियुक्त संयन्त्र र जनशक्तिको अभाव रहेको बताउँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);