सभापति देउवाको कार्यशैलीप्रति कांग्रेस नेता असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभापति देउवाको कार्यशैलीप्रति कांग्रेस नेता असन्तुष्ट

deuba

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसको काठमाडौं जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् । सभापति देउवा इतरका नेताहरुले उनको कार्यशैलीप्रति तिब्र असन्तुष्ठी जाहेर गरेका हुन् । कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे ।

महामन्त्री शशांक कोइरालाले गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का गरेर अघि बढाउन सभापतिलाई सुझाव दिए । पार्टीले लामो इतिहास बोकेको र विचारका दृष्टिले पनि शसक्त रहेको भन्दै उनले इतिहास, विचार र कार्यकर्ता एकसाथ लिई अघि बढ्न आग्रह गरे । उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि आफु क्याटलिष्टको रुपमा काम गर्न तयार रहेको बताए ।

नेता प्रकाशमान सिंहले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाएको र सभापतिले गर्ने मनोमानी निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको आरोप लगाए ।

केन्द्रीय सदस्य गगन थापाले कांग्रेस भएर पनि कांग्रेसको उम्मेद्वबार मन परेर भनी चुनाव चिन्ह रुखमा भोट नहालेर गद्धारी गर्ने कांग्रेसी नभई अपराधी भएको टिप्पणी गरे ।

उनले संविधान कार्यान्वयन गराउने सवालमा निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीतिले जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पंक्तिले लिनुपर्ने बताए । भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित भएका थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);