अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारी वकिलहरुलाई महान्यायाधीवक्ता खरेलको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारी वकिलहरुलाई महान्यायाधीवक्ता खरेलको निर्देशन

mahanayadibakta

काठमाडौं, १८ साउन । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित सरकारी वकिलहरुको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धान अधिकृतसँगको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए । अनुसन्धान कमजोर भयो भने अभियोजन पनि कमजोर हुने भन्दै उनले अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनँले सम्बन्धित निकायबीच समन्वयकारी भूमिका निर्वाहमा ध्यान दिन सरकारी वकिलहरुलाई निर्देशन दिए ।

महान्यायाधिवक्ता खरेलले विगतका कतिपय अभ्यासले नयाँ ऐन कार्यान्वयनका चरणमा साथ नदिने भएकाले आउन सक्ने समस्या समाधानका लागि महान्यायाधिवक्ताको कार्यालयमा सम्पर्क व्यक्तिसहितको भिन्न डेक्स स्थापना गरिने बताए ।

महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार सरकारी वकिलहरुका लागि मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्यन) ऐन २०७४ का बारेमा कार्यशाला आयोजना गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);