काठमाडौं, १८ साउन । भूकम्पका कारण क्षतिग्रस्त भएको काठमाडौंको त्रिभुवन–चन्द्र मिलिटरी अस्पताल शुक्रबार देखि सञ्चालनमा आएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अस्पतालको नवनिर्मित भवनको शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।
प्रथम विश्वयुद्धमा ज्यान गुमाएका नेपाली वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा अस्पताल निर्माण भएको थियो । सैनिक कल्याणकारी कोषद्धारा पुनःनिर्माण गरिएको सो अस्पतालको भवन २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि उपचार सेवा प्रभावित हुँदै आएको थियो ।
अस्पतालले सुरुको केही समय बाल, दन्त, फिजियोथेरापी लगायतका सेवा मात्रै उपलब्ध गराउने र पछि सेवा विस्तार गर्दै जाने जनाएको छ ।