मानव अंग प्रत्यारोपण अस्पतालमा चर्काे राजनीति, विरामी महाबिचल्लीमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मानव अंग प्रत्यारोपण अस्पतालमा चर्काे राजनीति, विरामी महाबिचल्लीमा (भिडियाेसहित)

काठमाडाैं, ५ माघ । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा (मानव अंग प्रत्यारोपण) अहिले मृगौलाका विरामीहरुको महाबिचल्ली भएको छ । सरकारी अस्पताल प्रत्यारोपण केन्द्रमा निजी अस्पतालमा कार्यरत चिकित्सकहरुको भर्ती केन्द्र बनेपछि विरामीहरुको महाबिचल्ली भएको हो । दैनिक सयौंको संख्यामा मृगौला पीडित विरामीहरुले डायलेसिस लगायत उपचारको सेवा पाउँदै आएका विरामीहरुले अचेल चिकित्सकको सेवा पाउन त कुरै छाडौं चिकित्सकको मुख देख्न समेत नपाउने स्थिति बनेको छ ।

अस्पतालको सेवा अहिले लथालिंग भएको अस्पतालका कर्मचारी तथा विरामीहरु बताउन थालेका छन् । केन्द्रको प्रमुख मृगौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ वरिष्ठ चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठलाई हटाई अर्काे कार्यकारी निर्देशकलाई नियुक्ति दिएपछि अस्पतालको सेवा दिनप्रतिदिन बिग्रदै आएको छ । केन्द्रको प्रमुखबाट श्रेष्ठलाई हटाएर डा.प्रेमराज ज्ञवालीलाई मानव अंग प्रत्यारोपण केन्द्रको प्रमुख बनाइएको छ ।

ज्ञवाली निजी अस्पताल ग्राण्डी र ह्याम्समा काम गर्ने चिकित्सक हुन । ग्राण्डी अस्पतालका शेयर होल्डर समेत रहेका ज्ञवालीलाई केन्द्रको प्रमुख बनाएपछि विरामीले सहज उपचारको अवस्था समेत नपाएको गुनासो बढिरहेको छ । उपचार पाउनै मुश्किल र पाए पनि भरपर्दाे सेवा नपाएको विरामी र विरामीका आफन्तहरुले बताउन थालेका छन् । काभ्रेका बुद्धसिंह लामा यसको एउटा उदाहरण बनेका छन् ।

खेत बैंकमा राखेर १२ लाख सकिंदा समेत आफ्नो उपचार सहज हुन नसकेको उनको गुनासो छ । चालक पेशामा रहेका लामाले चिकित्सकको सल्लाहमा आफ्नै बुबाको मृगौला प्रत्यारोपण गरेकोमा पछि फेरि चिकित्सकले नै मृगौलाले काम गरेन भनेपछि उनी अहिले अस्पतालको बेडमा बिचल्लीमा परेका छन । उनी जस्तै अन्य विरामीको गुनासो र पीडा मर्मस्पर्शी देखिन्छ ।

सस्तोमा अन्तर्राष्ट्रितरको उत्कृष्ट सेवा प्रदान गर्दै आएको मानव अंग प्रत्यारोपण केन्द्रमा अहिले विरामीको चाप पनि दिन दिनै कम हुँदै गएको छ । पहिले भारतबाट समेत विरामी उपचारको लागि आउने गरेकोमा अहिले त्यहाँ विरामी जानै मान्दैनन । पहिले अस्पताल परिसरमा विरामी र विरामीका आफन्तको भीड देखिन्थ्यो । अचेल अस्पताल नै सुनसान देखिन्छ ।

विरामीका आफ्न्तहरुको दिनदिनै गुनासो र आक्रोस बढेपछि अहिले अस्पतालमा सुरक्षाकर्मी नै परिचालन गरिएको छ । यति हुँदा पनि सरकारको ध्यान जान नसक्नु बिडम्बना हो । यसमा स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यान जानुपर्ने अस्पताल अस्पतालका कर्मचारी र विरामीका आफन्तहरुको सुझाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);