ट्रक लाइनको नाममा लगाइएको अतिरिक्त शुल्क खारेज गर्न रुपन्देही उद्योग वाणिज्य संघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रक लाइनको नाममा लगाइएको अतिरिक्त शुल्क खारेज गर्न रुपन्देही उद्योग वाणिज्य संघको माग

रुपन्देही, ५ माघ । उद्योगहरुलाई ट्रक लाइनको नाममा लगाइएको अतिरिक्त शुल्क खारेज गर्न रुपन्देही उद्योग वाणिज्य संघले माग गरेको छ ।संघले साधारण लाइनबाट विद्युत प्रशारण र प्रयोगको वातावरण तयार गरी उद्योग सञ्चालनको उपयुक्त वातावरण तयार पार्न माग गरेको हो ।

सोमबार रुपन्देही उद्योग वाणिज्य संघले उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भैरहवामा ज्ञापनपत्र बुझाउँदै कुनै जानकारी र सम्झौता विना नै टं«क लाइन विलिङ लागु गर्दा उद्योगीहरु नै त्रसित बन्दै गएकोले समस्या समाधान गर्न आग्रह गरेको हो ।

ज्ञापनपत्र बुझ्दै उर्जामन्त्री रायमाझीले उद्योगीहरुको समस्याकोलागि पहल गर्ने आश्वासन दिनुभयो ।उद्योगीले नियमित विद्युत महशुल बुझाउँदै आइरहेको, तर हाल आएर बाँकी भन्दै पत्र काटिनु न्यायसंगत नभएको संघले जनाएको छ ।

संघले उत्पादन क्षेत्रमा लाग्दै आएको डिमाण्ड चार्जको व्यवस्था सधैकालागि खारेज गर्न र महशुलमा समेत विशेष सहुलियत छुट सुविधाको व्यवस्था गर्न उर्जा मन्त्रालय समक्ष आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);