कोरोना महामारीका कारण बन्द भएका अन्तर्राष्ट्रिय उडान धमाधम सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना महामारीका कारण बन्द भएका अन्तर्राष्ट्रिय उडान धमाधम सञ्चालनमा

himalayan-airlines

काठमाडाैं, ५ माघ । कोरोना महामारीका कारण बन्द भएका अन्तर्राष्ट्रिय उडानहरु धमाधम सञ्चालन हुन थालेका छन् । उडानहरु सञ्चालनमा आएपनि विगतको तुलनामा उडानसंख्या पनि निक्कै कम छ । यसअघि नेपालमा २८ अन्तर्राष्ट्रिय एयरलाइन्सको दैनिक १ सय ५ को हाराहारीमा उडान हुने गरेको थियो ।

हाल उडान संख्या निक्कै कम भएको छ भने यात्रुले महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । कोरोना महामारीको जोखिमका कारण केही एयरलाइन्सलाई उडान अनुमति नदिएपनि हाल सबैले अनुमति पाइसकेको नेपाल नागरिक उडडयन प्राधिकरणले जनाएको छ ।

हालै भारतको भिस्तारा र बंगलादेशको विमान बंगलादेशले पनि नेपाल उडानको अनुमति पाएसँगै नेपाल उडान गर्दै आएका सबै एयरलाइन्सले अनुमति पाएको हो । कोरोना महामारीका कारण यात्रु संख्या कम भएको भन्दै अनुमति पाएपनि ती एयरलाइन्सले सिमित संख्यामा उडान गरिरहेको छ ।

यसअघि चीनबाट दैनिक १० देखि ११ उडान हुनेगरेको अहिले सातामा दुईओटा मात्रै हुने गरेको छ । कोरोना महामारीका कारण अहिले नेपाल लगायत विश्वका सबैजसो मुलुकमा यात्रुको संख्या कम छ र यसको प्रत्यक्ष उडान संख्यामा परेको छ ।

यसका कारण यात्रुहरुले चर्को भाडा तिर्नुपरेको अवस्थामा छन् । उडान संख्या घटाएर महँगो भाडा लिने प्रवृत्तिमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);