निगमको अन्तरराष्ट्रिय गन्तव्य विस्तार : मार्च पहिलो सातादेखि नारिता दोस्रो सातादेखि क्वाङचाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निगमको अन्तरराष्ट्रिय गन्तव्य विस्तार : मार्च पहिलो सातादेखि नारिता दोस्रो सातादेखि क्वाङचाउ

nepal-air

काठमाडौं, ३० मंसिर ।  नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै नेपाल वायुसेवा निगमले थप दुई अन्तरराष्ट्रिय गन्तव्यमा आफ्नो सेवा विस्तार गर्दै छ । निगमको मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकले जापानको नारिता तथा चीनको क्वाङचाउमा निगमको उडान शुरू गर्ने निर्णय गरेको छ । निगमको काठमाडौं –नारिता उडान मार्चको पहिलो सातादेखि तथा क्वाङचाउ उडान मार्चको दोस्रो सातादेखि हुनेछ ।

निगमले मंसिरको तेस्रो साता चीनमा उडान गर्न सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) बाट विमान उडान अनुमति (एओसी) प्राप्त गरेको थियो । निगमले चीनमा सेवा विस्तार गर्न सीएएसीसँग गत असारमै उडान अनुमति मागेको थियो । निगमले अनुमति मागेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेशनसँग सम्बद्ध थप कागजात माग गरेको थियो ।

अनुमति दिनुअगाडि निगमको सेफ्टी अडिट गर्ने बताएको सीएएसीले निगमले पेश गरेका थप कागजातको अध्ययनपछि उडान अनुमति दिएको थियो । निगमले पहिलो चरणमा क्वाङचाउ र त्यसपछि चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्र साङहाईमा उडान गर्ने योजना बनाएको छ ।

नेपाल–चीनबीच ५ वर्षपछि गत साउन महीनामा भएको हवाई सेवा सम्झौताको पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा उडान शुरू गर्न थालेका हुन् ।  हवाई सम्झौता पुनरवलोकन पछि नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले गत कात्तिक महीनादेखि चीनको पेचिङमा सातामा तीनओटा, गुयान र चाङसामा एक/एक गरी पाँचओटा उडान शुरू गरिसकेको छ ।

पछिल्लो हवाई सेवा पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा साताको ९८ उडान गर्न सक्नेछन् । यसअघि सातामा ७० उडान मात्रै गर्न पाउने प्रावधान थियो । हाल चीनबाट पाँचओटा विमान कम्पनीले नेपालमा सातामा ५० भन्दा बढी उडान गर्ने गरेका छन् । मंसिरको दोस्रो साता निगमले जापानको नारितामा उडानका लागि भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको थियो ।

ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निगमको नारितामा उडान सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो । तर, जापान सिभिल एभिएशन ब्यूरोअन्तर्गतकै  ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने  संस्थासँग सहमति गरेसँगै निगमलाई नारिता उडानको ढोका खुलेको हो । हाल जापानकै ओशाकामा सातामा दुईओटा उडान गरिरहेको निगमको नारितामा साताको ३ दिन उडान गर्ने प्रारम्भिक याजे ना छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईओटा उडान गरिरहेको छ ।

ओशाकाको तुलनामा नारितामा नेपालीको बसोवास बढी भएकाले पनि नारितामा बजारको समस्या नहुने निगमको भनाइ छ । यसअघि निगमको वाइडबडीले नारितामा चार्टर प्mलाइट भने गरिसकेको छ । यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोबडी र ए३३० वाइडबडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने निगमका प्रवक्ता सुलेख मिश्रको भनाइ छ ।

यी दुई गन्तव्य थपेसँगै निगमको अन्तरराष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली,  बैङ्लोर , मुम्बई, बैंकक , मलेशिया , दुबई, दोहा र हङकङ गरी अन्तरराष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन् ।

आर्थिक अभियानबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);