अनुमतिमै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएका हुन् : वायुसेवा निगम | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अनुमतिमै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएका हुन् : वायुसेवा निगम

china biman

काठमाडौं । नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।

निगमले जारी गरेको विज्ञप्ति :

मिति : २०७८ मंसिर ८ गते

काठमाडौं – रुकुम नेपालगन्ज उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको ध्यानाकर्षण ।

मिति २०७४ मंसिर ५ गतेको लागि तय भएको काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौ । आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५.१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–स्कुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो ।

तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः ५८ भएको थियो । काठमाडौ–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फकिन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।

 हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन÷नेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयूटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौमै राखीरहनु भन्दा नेपालगन्ज सम्म पुयाएर स्कुम जाने यात्रुहरुलाई निगमको. नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुयाउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो। पुनश्चः निगमले मध्ये पश्चिम तथा सूदुर पश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक÷उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौ।

अर्चना खड्का
संयोजक : मिडिया सेल

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);