सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा अब गाईघाटमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा अब गाईघाटमै

उदयपुर । गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु भएकाे छ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले बुधबार पहिलो पटक सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिएको हो ।

प्रदेश १ भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री हिमाल कार्कीले बुधवार प्रयोगात्मक परीक्षास्थलकाे उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले पहिलो प्रयोगात्मक परिक्षार्थीलाई सिठ्ठी फुकेर ट्रायल सेन्टरकाे उदघाटन गरेका थिए । उनले प्रयोगात्मक परीक्षा तथा स्थलको अनुगमन समेत गरेका छन् ।

साे क्रममा उनले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहज रुपले सेवा प्रदान गर्न निर्देशन पनि दिएका थिए । कार्यालयमा काम गर्ने कर्मचारी र श्रोतसाधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);