भक्तपुरमा पनि चार पाङ्ग्रेको ट्रायल परीक्षा सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भक्तपुर, १ कार्तिक । बुधबारबाट यातायात व्यवस्था कार्यालय भक्तपुरले भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा शुरु गरको छ ।

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रेसवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक ९लाइसेन्स०को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट शुरु भएको हो ।

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रा।लि।सँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);