काठमाण्डौँ, २ कात्र्तिक । तिहार र तराईको प्रमुख पर्व छठ भरि देशैभरी लोडसेडिङ नहुने भएको छ । देशभरी नै विद्युत कटौती नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले गएको वर्ष लक्ष्मीपुजाको दिनदेखि काठमाडौंलाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेका थियो । प्रधिकरणले यो वर्ष अरु शहरलाई पनि लोडसेडिङमुक्त बनाउने योजना बनाएको छ ।
आज वर्षमै सबैभन्दा बढी बिजुली खपत हुने भएकाले सकेसम्म धेरै विजुली खपत गर्ने उपकरणको प्रयोग कम गर्न प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले हिटर, ओभन, आइरन, एयर कण्डिस्नर, पम्प जस्ता उपकरण, बढी क्षमताका बत्ती, बेलुकी ५ बजेदेखि राति १० बजेसम्म कम प्रयोग गर्न आग्रह गरेको हो ।




