अधिकारकर्मी महिलामाथि बोक्सी भन्दै दुव्र्यवहार: मुद्दा फिर्ता लिन दबाब | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

काठमाडौँ, २ कार्तिक । बोक्सीको आरोपमा प्रताडित वीरगन्जकी अधिकारकर्मी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई मुद्दा फिर्ता लिन पीडक पक्षले दबाब दिएका छन् । उनीहरूले आर्थिक प्रलोभन र भावनात्मक रूपमा बोक्सी कसुरविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएका हुन्।

महिलाअधिकार मञ्च पर्साकी अध्यक्ष राजकुमारीविरुद्ध एकै घरमा कोठा भाडामा बस्ने छिमेकीले ८ असोजमा बोक्सीको आरोपमा दुव्र्यवहार र यातना दिएका थिए । अहिले पीडकहरूले गल्ती भएको भन्दै माफी दिन आग्रह गरेको राजकुमारीकी छोरी रसना ढकालले बताइन् ।

‘राजनीतिक व्यक्तिबाट दबाब आएन, तर पीडक पक्षबाट मुद्दा फिर्ता लिन चर्को दबाब आइरहेको छ ।’ छोरी रसनाले भनिन् । ‘जे भयो भयो, बच्चाहरूले गल्ती गरे माफ गरिदिनुस् भन्दै थिए। हामीले मानेनौँ ।’ उनीहरूले भनेको नमानेपछि पीडकहरूले अन्य व्यक्तिलाई समेत फोन गर्न लगाएको रसनाले बताइन् । ‘घरमै आएर आग्रह गरे । त्यति गर्दा पनि नमानेपछि आर्थिक प्रलोभन देखाए।’

उनले भनिन्‘५० हजारदेखि दुई लाखसम्मको अफर आएको थियो। हामीले कानुनी उपचार नै विकल्प हो भन्यौँ ।’ उपाध्याय पर्सामा डेढ दशकदेखि महिलाअधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी हुन्। उपाध्यायले पनि आफूलाई बोक्सीको आरोप लगाउनेहरूलाई कानुनी कारबाही गराएरै छोड्ने बताइन् । ‘मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन्।

तर, हामीले मानेका छैनौँ।’ उनले भनिन् ‘एउटा अधिकारकर्मी भएर मैले नै गलत गर्नेहरूलाई उम्कन दिएँ भने अरूको अवस्था के होला रु त्यसैले म उनीहरूलाई कारबाही गराएरै छोड्छु।’ आजको नयाँ पत्रिकामा खबर छ।

ताजा समाचार