काठमाडौं ।
मानेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको दोष भएको बताउनुभयो । उहाँले नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिष्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नबस्न समेत आग्रह गर्नुभयो ।ज्ञवालीले कम्युनिष्ट आन्दोलन, माक्र्सवाद, जनताको बहुदलीय जनवाद तथा वैज्ञानिक समाजवाद अझै पनि सान्दर्भिक रहेको दाबी गर्नुभयो




